चन्द्र र सूर्य झण्डा बोकेर गतमहिना स्वतःस्र्फूत सडकमा निस्केका नेपालीहरूबीच त्यति बेला न यो पार्टी थियो न उ पार्टी, न त थियो मधेसी र पहाडी, न जातजाति न धर्मको नै कुरा । थियो केवल एउटै मन नेपाली । २७ नोभेम्वर नेपाली खेल इतिहास मै एक स्वर्णिम दिन रह्यो । आबुधावीको क्रिकेट मैदानमा हङक∙सग भएका अति प्रतिस्प्रधात्मक खेलमा नेपालले १४४ रनको लक्ष्य प्राप्त गरी टि-ट्वान्टी विश्व कपमा आ नो ढोका खोल्न सफल भयो । यो नै नेपाली क्रिकेट टोलीलाई आजसम्म मिलेको सवैभन्दा ठूलो सफलता हो । विश्वभर जहा रहेर होस् टेलिभिजनको पर्दामा आखा अधैर्यताका साथ अढ्याई राखेको कुनै पनि नेपालीको मुटु समान गतिले धड्किएन होला त्यतिबेला जतिबेला खेल बराबरी थियो र बाकी थियो मात्र एक बलि∙ । जसै अन्तिम बल विपक्षीवाट प्रहार भयो विश्वभरका नेपालीको मष्तिष्कमा सन्नाटा थियो । जब विपक्षीको बललाई शरद भेषाकरको व्याट्ले छोयो शरद मात्र होइन, विश्वभरका नेपालीहरू भावशून्य बने । क्षण भरमै आखा टिल्पिलाए, क्षण मै नेपाली मन आकाश छुनेगरी उफ्रिए । खुशी घर र टिभीको पर्दामा मात्र सीमित रहन सकेन चन्द्र, सूर्य, झण्डा बोकेर सडकमा ओर्लियो, सोसियल मिडियाका भित्ताभरी पोखियो । इतिहासमै पहिलो पटक अन्तर्राष्ट्रिय प्रतियोगिता हेर्दै गर्दा नेपालीले आ नै राष्ट्रिय टिमको समर्थन गर्दै खेल हेर्न पाउने भए ।
यसै सग सगरमाथा, गौतमबुद्ध, भृकुटी र सीता जन्मिएको हाम्रो देश नेपालको पहिचानमा विश्व सामु सगर्वका साथ अर्को एउटा पहिचान थपिएको छ, त्यो हो क्रिकेट । यहा सम्मको यात्रा तय गर्न त्यति सहज भएन नेपाली टिमलाई । राजनीतिक अस्थिरता, कमजोर व्यवस्थापन, कमजोर घरेलु संरचना, क्रिकेटमा लिग र व्यवसायीकरणको कमिबीच नेपाली क्रिकेट टोलीले प्राप्त गरेको सफलताको जति प्रशंसा गरेपनि कमी नै हुनेछ । टि-ट्वान्टी विश्वकपमा छनौट भइसकेका र एक दिवसीय विश्वकप छनोट प्रतियोगिता खेल्ने तयारीमा रहेको नेपाली क्रिकेट टिमलाई व्यवसायिक बनाउदै खेलाडीको मनोबल बढाउन नेपाल सरकार र खेलसग सम्बन्ध राख्ने सबै निकायले अब कुनै पनि कसुर बाकी राख्नु हुदैन । नत्रभने अहिलेसम्मको खेलाडीले गरेको अथक प्रयास अडिग नरहन सक्छ किनकी साच्चैको खेल त अब शुरु हुदैछ । अबको नेपाली टिमको आमने सामने त्यस्ता टिमसग हुदैछन् जुन भौतिक र मानसिक दुवै किसिमले मजवुत छन् । त्यति बेला हाम्रा खेलाडीहरूलाई दाल, भात र घरकै झिनामसिना समस्या कसरी टार्ने भन्ने दुविधामा छाड्ने हो भने गएको महिना हामीले मनाएको खुसी र उत्साहको कुनै माने रहदैन । अर्कोतिर पर्यटन विकासका लागि नेपाललाई चिनाउन नेपालको चन्द्र, सूर्य अंकित झण्डा विश्वका प्रत्येक टिभि च्यानलसम्म पुराउने पर्यटनदूत सरह पनि हुनेछन हाम्रा खेलाडीहरू ।
त्यसैगरी नेपाललाई मुटुमा लिएर दुवै गोलाद्र्ध भरि छरिएका एनआरएनहरूले पनि देशको लागि गर्न खोजेका विविध प्रोजेक्ट वा योजनाहरूमध्ये क्रिकेटको विकासका लागि केहि गर्न शुरुवात गरे त्यो क्रिकेटको पूर्बाधार निर्माणमा ठुलो सहयोगी हुनेछ । नेपाल सरकारलाई संरचनाको आधार पनि हुनेछ । कामना गरौ, सबै क्षेत्रको प्रतिबद्धता खोजौ की लामो र अथक प्रयास पछाडि यहा सम्म आइपुगेको हाम्रो क्रिकेट टिमको मनोवल कहिल्यै केही कुरामा नगिरोस चन्द्र र सुर्य झण्डा बोकेर मेची महाकालीका प्रत्येक नेपालीहरूको मन यसरी नै जोडियोस् धैरै पारस खडकाहरू जन्मिउन, धेरै शरद, ज्ञानेन्द्र र विनोदहरू जन्मिरहुन शुभकामना .... शुभकामना ....शुभकामना .....
अन्त्यमा नव वर्ष २०१४ हामी सवैको लागि शुभ रहोस् !










