क्रिकेट भर्सेज फुटवल
विनोद लामिछाने
नेपालमा आजको मितिमा चलेको दुई खेल–क्रिकेट र फुटवल नै हो । क्रिकेटको कुरा गर्नुपर्दा नेपालले अन्तर्राष्ट्रिख खेल खेल्न थालेको त्यति धेरै लामो वितेको छैन । तर फुटवलको इतिहाँस भने धेरै पुरानो भै सकेको छ । सन १९९६ देखि नेपालले अन्तर्राष्ट्रिय क्रिकेट खेल्न शुरु गरेको हो । झण्डै १५ वर्षमा नेपालले क्रिकेटमा एक पछि अर्को सफलता हाँसिल गर्दै गएको छ । गत वर्ष मात्रै नेपालले ठूला दुई प्रतियोगितामा सफलता प्राप्त गरेको थियो । नेपाल डिभिजन फोरबाट थ्री मा उक्लियो भने एसीसी एलिट कपमा पनि संयुक्त विजेता बनेको थियो । नेपालले क्रिकेटमा राम्रो सफलता हाता पार्न थालेपछि यतिबेला आम खेलप्रेमिहरुको नशा नशामा क्रिकेट सञ्चार हुन थालेको छ । चर्चा जताततै क्रिकेटकै चलिरहेको छ । यहाँ सम्म पनि नेपालले डिभिजन टु जितेपछि अधिकांसले फेसबुकको वालमा ‘फुटवलमा गरिएको लगानी अव क्रिकेटमा गर्नुपर्छ’ समेत लेख्न भ्याएका थिए ।
यतिबेला नेपालले एक दिवशिय र टी–ट्वान्टी दुईवटा क्रिकेटको स्वरुपमा विश्वकपको ढोका ढक्ढक्याएको छ । एक महिना अगाडी मात्रै नेपाल एसीसी टी–ट्वान्टीको उप–विजेता बन्दै टी–ट्वान्टीको विश्वकप छनौट खेल्न पाउने पक्का गरेको थियो । छोटो समयमै ठूला ठूला उपाधी भित्र्याएपछि क्रिकेट फ्यान र क्रेज बढ्नु पनि स्वभाविकै हो । विश्वकपकै कुरा गर्दा फुटवल तर्फ फर्किएर हेर्ने हो भने नेपालले विश्वकप खेल्ला भनेर कसैले चिताउन पनि सक्दैनन् । जुन सम्भावना क्रिकेटमा देखिसकिएको छ । बर्मुडामा सम्पन्न डिभिजन टु मा नेपालले पाएको सफलता नेपाली क्रिकेट इतिहाँसकै सबैभन्दा ठूलो सफलता हो ।
नेपाली राष्ट्रिय क्रिकेट टिम श्रीलंकालि प्रशिक्षक पुबुद दासानाइकेले सम्हालेपछि नेपालले कुनैपनि खेलमा खालि हात फर्किनु परेको छैन । यसअघि पनि श्रीलंकालि प्रशिक्षक रोय लुक डायसले पनि नेपाललाई एक पछि अर्को सफलताको सिंडी चढाएका थिए । अर्का नेपाली प्रशिक्षक जगत टमाटा पनि क्रिकेटले पाएको सफलताको भागेदार हुन् । पटक पटक उनले नेपालको प्रमुख प्रशिक्षकको भुमिका निर्वाह गरेर नेपाललाई सफलता दिलाउँदै आएका छन् । सफलताको पछाडी कप्तान पारस खड्काको भुमिंकालाई पनि कम आँक्न मिल्दैन ।
यतिबेला चौतर्फि रुपमा नेपाली क्रिकेटरहरुले वाहवाहि पाएका छन् । जताततै सम्मानको लहरनै चलेको छ । नेपाल सरकार, राष्ट्रिय खेलुकद परिषद, तथा अन्य राजनीति पार्टीहरुले पनि खेलाडीहरुको सम्मानमा कार्यक्रमहरु गरिसकेका छन् । राखेपले डिभिजन थ्री लिग विजेता नेपाली क्रिकेटरहरुलाई जनही ३ लाख ५० हजार रुपैयाँ दिने भनि घोषणा पनि गरेको छ । नेपालमा क्रिकेट र फुटवलको व्यवसायिकता हेर्दा भने क्रिकेटको तुलनामा फुटवल भन्दा धेरै माथि छ । नेपाली क्रिकेटरहरुले त्यति ठूलो उपाधी जित्दा मात्रै साढे तीन लाखमा चित्त बुझाउनु प¥यो । भर्खर मात्रै फुटवलर सागर थापाले अपार्टमेण्ट पाइसकेका छन । क्रिकेट कप्तान पारस खड्काले मोटरसाइकल पुरस्कार पाउँदा फुटवलर सन्दिप राईले यसै वर्ष कार चढे । ए डिभिजन लिगमा फुटवलरहरुको मोलमोलाई भै रहेको छ । राम्रा भनेर चिनिएका फुटवल खेलाडीहरुको मुल्य ५० देखि ६० हजार रुपैयाँ सम्म पुगिसकेको छ । क्लवहरु राम्रा खेलाडीहरु आफ्नों क्लवमा भित्र्याउने होडमा छन् । नेपाली युवाहरु रोजगारका लागि विदेश पलायन भै रहेका बेला फुटवलले थुप्रै युवाहरुलाई स्वदेशमै बस्ने वातावरण बनाएको छ भने केहि विदेशी खेलाडीहरु समेत फुटवल खेलमा रोजगार खोज्दै नेपाल छिरेका छन् ।
नेपाली फुटवल केन्द्रदेखि जिल्ला जिल्लामा बलियो छ । एन्फाका ६० भन्दा वढि जिल्लाहरुमा महिनैपिच्छे फुटवलक गतिविधीहरु सञ्चालन भै रहन्छन् । तर क्रिकेट जिल्ला जिल्लामा गठन हुन सकेको छैन । र गठन भएका जिल्लाका गतिविधी हेर्ने हो भने क्रिकेट खोज्न टर्च बाल्नुपर्ने अवस्था छ । कास्कीकै कुरा गर्ने हो भने पनि एन्फा कास्कीमा विभिन्न २८ क्लवहरु दर्ता भै सकेका छन् । ति क्लवहरु आँफैमा क्रियाशिल पनि छन् । उनीहरुले फुटवलका प्रतियोगिताहरु आयोजना गर्ने देखि लिएर विभिन्न प्रतियोगिताहरुमा भाग लिंदै आएका छन् । क्रिकेटमा भने मात्रै चारवटा क्लवहरु छन् । ति क्लवहरुले पनि खासै प्रतियोगिता आयोजना गर्न सकेका छैनन् भने जिल्लामा प्रतियोगिताहरु पनि त्यति हुने गर्दैनन् । भौतिक पूर्वाधारको कुरा गर्न हो भने पनि नेपालमा क्रिकेट खेल्न लायक मैदानहरु त्यतिधेरै छैनन् । फुटवलका लागि भने जिल्ला जिल्लामा मैदान तयार पारिसकिएका छन् । प्रायोजकहरुपनि फुटवल भने पछि लगानी गर्न तत्पर देखिहाल्छन् । तर क्रिकेट भनेपछि अझैपनि मुख विगार्ने स्थिती देखिएको छ ।
ससर्ती क्रिकेट र फुटवललाई नियाल्ने हो भने आज अन्तर्राष्ट्रिय रुपमा क्रिकेट सफल देखिएको छ । तर राष्ट्रिय रुपमा हेर्ने हो भने क्रिकेट फुटवल भन्दा धेरै पछाडी छ । यसका लागि क्रिकेटले जिल्ला जिल्लामा लगानी गर्न खाँचो देखिन्छ भने पूर्वाधार विकास र नयाँ खेलाडी उत्पादनका लागि जिल्ला जिल्लामा एकेडेमि सञ्चालन गर्न तर्फ जोड दिनुपर्ने देखिन्छ । व्यवसायिक रुपमा खेलाडीहरु कसरि सवल बन्न सक्छन, यसतर्फ पनि ध्यान दिनुपर्ने देखिन्छ । माथिल्लो तहमा बलियो देखिएको क्रिकेटको जग बलियो छैन । जग बलियो भयो भने मात्र घर बलियो हुन्छ । राखेपले अहिले यो कुरालाई राम्ररी बुझेको छ । त्यसैले पनि राखेपले विद्यालयस्तरबाटै खेलकुद विकासको नीति अवलम्बन गरेको छ । क्रिकेटमा पनि जरैबाट विकास खोजिन आवश्यक छ । नत्र क्रिकेटमा अहिले पाएको सफलता लामो समयसम्म नरहन पनि सक्छ । यसतर्फ सरकार, राखेप, सम्वन्धित संघले बेलैमा ध्यान दिनुपर्छ । देशभत्रि फुटवलको संचरना कस्तो बनेको छ, यो भने क्रिकेटले सिक्नुपर्छ ।

0 comments:
Post a Comment