Saturday, January 25, 2014

नेपाली क्रिकेटको इतिहास

काठमाडौं(नेपाली खेलकुदमा सबैभन्दा पुरानो खेलमध्ये क्रिकेट हो। १९७० को दशकमा बेलायत भ्रमण तथा भारतबाट पढेर फर्किने तत्कालीन राणा शासकहरूले क्रिकेट नेपाल भित्र्याएको मानिन्छ।

तर, आफ्नै मनोरञ्जनका लागि भित्र्याएको खेल जनस्तरमा ल्याएनन्। देशव्यापी रूपमा क्रिकेट विकास र विस्तार गर्ने उद्देश्यमा २००४ सालमा नेपाल क्रिकेट संघको स्थापना भए पनि २००७ सालमा राणा शासन नफ्याँकिएसम्म क्रिकेट राणा परिवार, उनीहरूका आफन्त र मित्रहरूमा सीमित थियो। राणाका दरबार र टुँडिखेल क्रिकेट खेलिने मैदान थिए।

राणाकालमै स्थापित संघले २०१८ सालमा राष्ट्रिय खेलकुद परिषद्मा राष्ट्रिय संघको रूपमा दर्ता पायो। नेपाली क्रिकेटको औपचारिक विकासमा यसलाई ठूलो उपलब्धि मानिन्छ। तथापि, ०४० को दशक अघिसम्म नेपालमा क्रिकेट लोकप्रिय भइसकेको थिएन। २०४४ सालमा अन्तर्राष्ट्रिय क्रिकेट परिषद् ९आइसिसी० को एफिलिएट सदस्य भएको नेपाल त्यसको दुई वर्षपछि एसियाली क्रिकेट परिषद् ९एसिसी० को सदस्य बनेको थियो। २०५२ सालमा आइसिसीको एसोसिएट सदस्य बनेपछि नेपाली क्रिकेटले अन्तर्राष्ट्रिय स्तरमा प्रतिस्पर्धा गर्न थालेको हो।

अन्तर्राष्ट्रिय प्रतिस्पर्धासँगै नेपालमा क्रिकेट लोकप्रियता बढ्न थालेको थियो। ०४० कै दशकमा काठमाडौंबाहिर पनि क्रिकेट मैदानहरू बनाउने क्रम सुरु भए। जसमा खासगरी कलैया, वीरगन्ज, जनकपुर, नेपालगन्ज, भैरहवा लगायत तराईका सहरहरूमा क्रिकेट खेल्न थालिएको इतिहास छ। त्यही बेला नेपाल क्रिकेट संघअन्तर्गत क्षेत्रीय र जिल्ला संघहरू स्थापना हुन थालेपछि स्कुलस्तरमा पनि क्रिकेट लोकप्रिय हुन थाल्यो। जसले क्रिकेटप्रतिको मोह देशव्यापी फैलाउन महत्तोपूर्ण भूमिका खेल्यो।

सीमित स्रोतसाधन बाबजुद नेपालमा क्रिकेट गतिविधि विस्तारै मौलाउने क्रममा २०४४ सालबाट सुरु भएको अन्तर्राष्ट्रिय सम्बन्धले देशभित्र यो खेल विस्तारमा थप योगदान गर्यो। पहिलोपल्ट २०५२ सालमा मलेसियाको क्वालालम्पुरमा सम्पन्न एसिसी ट्रफीमा नेपालले अन्तर्राष्ट्रिय सहभागिता जनायो। ब्रुनाई र जापानलाई हराए पनि नेपाल पहिलो चरणबाटै बाहिरियो। समूहका ६ टोलीमा नेपाल चौथो भएको थियो।

२०५५ सालमा नेपालले पहिलोपल्ट अन्तर्राष्ट्रिय प्रतियोगिता आयोजनाको अवसर पायो। त्यो वर्ष एसिसी ट्रफी आयोजना गर्दा नेपालले भौतिक पूर्वाधार निर्माणमा फड्को मार्यो। कीर्तिपुर र पुल्चोकको क्रिकेट मैदान त्यहीबेला बनाइएको हो। प्रतियोगितामा नेपाली टोलीले एउटै खेल जित्न नसके पनि दुई अन्तर्राष्ट्रिय स्तरका मैदान बन्नु नेपाली क्रिकेटको ठूलो उपलब्धि थियो।

नयाँ सहस्राब्दीको सुरुआत नेपाली क्रिकेटका लागि सुखद रह्यो। युवा विकास परियोजनामा ध्यान दिनुको फल पाउनेक्रममा सन् २००० मा नेपाली युवा टोली यु�१९ विश्वकपमा आठौं भयो। सिनियर टोलीले पनि आइसिसी ट्रफीको सेमिफाइनल पुगेर सुखद भविष्य संकेत गर्यो। शारजहाँमा हङकङसँग पराजित हुँदा नेपालको फाइनल यात्रा सम्भव भएन। लगत्तै अर्को वर्ष यही प्रतियोगिताको अर्को संस्करणमा ओन्टारियोमा नेपालले जर्मनी र गिब्राल्टारलाई हराएर आफूलाई प्रमाणित गर्यो। तर, टोली प्रतियोगिताको उपविजेता भएको नामिबियासँग पराजित हुँदा समूह चरण पार गर्न भने सफल भएन।

सन् २००२ मा सिंगापुरमा सम्पन्न एसिसी ट्रफीमा नेपाल उपविजेता भयो। उपाधि युएईले जित्यो। लगत्तैको वर्ष इमर्जिङ नेसन्स कप आयोजना गर्दा भुटान र माल्दिभ्सलाई सहजै हराएको नेपालले उपाधिमै कब्जा जमायो। २००४ मा नेपालले पहिलोपल्ट आइसिसी इन्टरकन्टिनेन्टल कपका नाममा प्रथम श्रेणीको क्रिकेट खेल्यो। नेपालले त्यो बेला मलेसिया र युएईसँग खेलेको थियो। मलेसियालाई हराए पनि युएईसँग बराबरीमा सीमित हुँदा नेपाल सेमिफाइनल पुग्नबाट भने वञ्चित भयो। २००४ मा एसिसी फास्ट ट्र्याक नेसन्स प्रतियोगितामा तेस्रो भएर २००५ को एसिसी ट्रफीलाई छानियो। जहाँ नेपाल पाँचौं भएर आइसिसी ट्रफी खेल्न योग्य भयो। उक्त प्रतियोगितामा कतारलाई प्लेअफमा हराएर नेपालले तेस्रो स्थान पाएको थियो। तेस्रो स्थानमा सीमित भएपछि नेपाल आयरल्यान्डमा हुने आइसिसी ट्रफीमा छनोट भएन। त्यही वर्ष आइसिसी इन्टरकन्टिनेन्टल कपमा युएईलाई हराएपछि हङकङसँग बराबरी गरेको नेपाल एसिसी फास्ट ट्रयाक नेसन्स प्रतियोगितामा उपविजेता भयो।

त्यसयता लगातार अन्तर्राष्ट्रिय प्रतियोगितामा मिश्रित सफलता हासिल गर्दै अघि बढेको नेपाली टोलीले २००८ मा विश्व क्रिकेट लिग डिभिजन फाइभ खेल्न जर्सीको भ्रमण गर्‍यो । समूह ुएु को शीर्ष टोली बनेर सेमिफाइनल पुगेको नेपाल अन्तिम चारमा अफगानिस्तानसँग पराजित भयो भने अमेरिकालाई प्लेअफमा हराउँदै तेस्रो स्थान हासिल गर्न सफल भयो । प्रतियोगिताबाट दुई टोलीमात्र डिभिजन फोरलाई छानिनेमा नेपाल तेस्रो भएपछि टोलीको विश्वकप २०११ खेल्ने आशा ढिलो सर्यो।

सन् २०१० को फेब्रुअरीमा काठमाडौंमा सम्पन्न डिभिजन फाइभ नेपालले जित्यो। अमेरिकालाई फाइनलमा हराएर जितेको त्यो नेपालको पहिलो उपाधि थियो । त्यही वर्ष भएको डिभिजन फोरमा नेपाल तेस्रो हुँदै रेलिगेसनबाट जोगियो । २०१२ मा डिभिजन फोर जितेर डिभिजन थ्रीमा उक्लिएको नेपाल २०१३ को मार्चमा सम्पन्न डिभिजन थ्री मा पनि विजेता बन्दै डिभिजन टु मा उक्लियो।

सन् २०१२ मै शारजहाँ क्रिकेट रंगशालामा नेपाल र युएईले एसिसी ट्रफी एलिटको उपाधि बाँडे । नेपाली क्रिकेटको यो त्यतिबेला सम्मको सबैभन्दा ठूलो उपलब्धि थियो। जसले नेपाल र युएई सँगै तेस्रो भएको अफगानिस्तान, बंगलादेश, भारत, पाकिस्तान र श्रीलंकाजस्ता टेस्ट खेल्ने देशसम्मिलित एसिसी इमर्जिङ नेसन्स प्रतियोगितालाई छानिए।

२०१३ को सुरुआतमा काठमाडौंमा सम्पन्न एसिसी ट्वान्टी�२० कपमा फाइनल पुगेर युएईमा जारी विश्व ट्वान्टी�२० कप छनोटलाई छानिएको नेपाली टोलीले बुधबार हङकङलाई हराएर पहिलोपल्ट विश्वकप खेल्ने अवसर जुराएको छ। साथमा डिभिजन टुमा छनोट भएको टोलीले आगामी जनवरीमा न्युजिल्यान्डमा एकदिवसीय विश्वकपको अन्तिम चरणको छनोट खेल्नेछ।

श्रोत: नागरिक दैनिक

0 comments:

Post a Comment